टीओआरमा सहमति खोज्न तीन दलका शीर्ष नेता छलफलमा बस्ने

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)बारे छलफल गर्न प्रधानमन्त्रीसहित शीर्ष तीन नेता छलफलमा बस्ने भएका छन्।



प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग दिउँसो तीन बजे छलफल गर्न लागेका हुन्।

टिओआर टुंग्याउन अहिले बालुवाटारमा बसेको बैठकमा कुनै सहमति जुट्न सकेन। बालुवाटारमा सहमति नजुटेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। भने सत्तापक्ष पनि आन्तरिक छलफलमा जुटेको छ।

तपाईको प्रतिक्रिया