बालुवाटारमा सत्ता पक्ष–प्रतिपक्षको छलफल जारी

काठमाडौं । सदनको गतिरोध अन्त्यलगायतको विषयमा सत्ता र प्रतिपक्षी दलबीच बालुवाटारमा छलफल जारी छ ।



सरकारले भोलि ल्याउने बजेटका सन्दर्भमा त्यसअघि नै नेपाली कांग्रेससँग सहमतिको बिन्दु खोज्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडानबाट कांग्रेस टसमस भएको छैन । सत्तापक्ष भने रविको नाम उल्लेख गर्ने पक्षमा छैन ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानूनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम वाग्ले, सन्तोष परियारलगायत छन् ।

तपाईको प्रतिक्रिया