काठमाडौं । कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरी कीर्तिमान गरेका छन गरिएको छ । बुधबार बिहान ७ बजेर ४९ मिनेटमा ३०औँ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका शेर्पा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् ।


सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता हुन् ।

नेपाल कर्म । ११ जेष्ठ २०८१, शुक्रबार १६:४८