सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन भएका छन्। न्यू बुलबुले अटो सेल्सका सञ्चालकसमेत रहेका भण्डारी केही दिनदेखि सम्पर्कविहीन भएका हुन्।



भण्डारी चढ्ने गाडी सुदूरपश्चिम प्रदेशको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक टेकराज जोराले नेपालकर्मलाई जानकारी दिए।

उनकाअनुसार बिहीबार भण्डारीले प्रयोग गर्दै आएको बा १८ च ९८७५ नम्बरको गाडी कर्णाली चिसापानीस्थित एक होटलमा अज्ञात अवस्थामा भेटिएको थियाे।

निरिक्षक जोराले भण्डारीले प्रयोग गर्दै आएको मोवाइल, गाडीको चावी लगायतका सामानहरु गाडीमै भेटिएकाे जानकारी दिए।

‘उहाँ चढ्ने गाडी केही दिन अघि एक होटलमा भेटिएको थियो। उहाँका परिवार पनि हाम्रो सम्पर्कमा आउनु भएको छ,’ प्रहरी निरीक्षक जोराले भने, ‘उहाँको अवस्था हालसम्म पनि अज्ञात छ, हामीले उहाँको हुलिया काटेर खोजिका लागि सबै ठाउँमा खबर गरेका छौं।’

यता, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलसमेत भण्डारीको खोजिमा पुगेका छन्।

भण्डारीको खोजिका लागि कँडेल कन्चनपुर पुगेका हुन्। महासचिव भण्डारी सम्पर्क विहीन हुनुको कारण भने खुल्न सकेको छैन्।

तपाईको प्रतिक्रिया