भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौं । न्याय परिषद् सचिवालयका निमित्त सचिव भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।




न्याय परिषद्को शुक्रबार बसेको बैठकले पोखरेललाई बरिष्ठताको आधारमा न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो ।

पोखरेल यसअघि सर्वोच्च अदालतको सह( रजिष्ट्रार थिए ।

तपाईको प्रतिक्रिया