देउता चढेकाे भन्दै कुपिण्डे तालमा हाम फालेपछि…

सल्यान । यहाँकाे कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ८ मार्के आरामेलटाकुराकी ३० वर्षीया कमला कुँवरको कुपिण्डे तालमा डबेर मृत्यु भएको हो ।



बिहिवार बिहान साढे ७ बजेतिर आफन्तसंग पुजा गर्नको लागि कुँवर बनगाड कुपिण्डे नगरपालिका ८ कुपिण्डेताल पुगेकी थिइन । ताल नजिकै रहेकाे बराह मन्दिरमा गएकी र शरीरमा देवता चढेको भनेर उनले तालमा हाम फालेकी थिइन् ।

पुजा गरिरहेकाे बेला एक्काशी देउता चढेकाे भन्दै उहाँले तालमा हाम फालेकाे खुलेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डिएसपी नविन कार्कीले जानकारी दिए ।

तालमा डुबेकी कुवरलाई आफन्त र स्थानीयले उद्धार गरेका थिए । उद्धारपछि उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको प्रमुख एवम् डिएसपी कार्कीकाे भनाइ छ ।

घटनाको थप अनुसन्धान भई रहेको र मृत्यु भएकी महिलाको शव जिल्ला अस्पताल सल्यानमै पोष्टमार्टमको लागि राखिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया