आवश्यकता अनुसार विद्यालय बन्द गर्न वीरेन्द्रनगरको परिपत्र

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले आवश्यकता अनुसार विद्यालय बन्द गर्न परिपत्र गरेको छ। शुक्रबारबाट लागु हुनेगरि एक हप्ताका लागि विद्यालय बन्द गर्न पत्रचार गरेको हो।



गर्मी बढेसँगै नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरु आवश्यताका अनुसार बन्द र सञ्जालन गर्न पत्रचार गरिएको सुचना अधिकारी उत्तमप्रसाद अधिकारीले जानकारी दिए।

उनकाअनुसार शुक्रबारदेखि असार १ गतेसम्मका लागि विद्यालय बन्द गर्न पत्रचार गरिएको हो।

तपाईको प्रतिक्रिया