कर्णालीमा शपथ बहिष्कार गरेका विनोद त्यही मन्त्रालय सम्हाल्दै

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सांसद विनोदकुमार शाह मन्त्री बन्ने भएका छन् । यसअघि शपथ ग्रहण बहिष्कार गरेका शाह मन्त्री बन्न लागेका हुन् ।




कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शाहलाई पुनः मन्त्री बनाउन लागेका हुन् । वैशाख १८ गते मुख्यमन्त्री कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गर्दा उनले यसअघि शपथ ग्रहण बहिष्कार गरेका थिए ।

तर बुधबार पुनः शाह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया