खर्बुजा खादा हुने फाइदाहरु ?

गर्मी मौसम सुरु भइसकेको छ। खर्बुजा देख्ना साथ हामिलाइ खाउँ खाउँ लाग्न थाल्छ। सामान्यतया तिर्खा मेटाउन र पानीको मात्रा शरीरमा सन्तुलित गर्न खाइने खर्बुजामा प्रसस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सीडेन्टहरु पाईन्छ। त्यसैले स्वास्थ्यका लागि अझ बढी लाभदायी हुन्छ।



खर्बुजा खादा के के फाइदा हुन्छ :

१: खरबुजामा प्रसस्त मात्रामा पाईने भिटामिन सी ले तपाइलाई दमको रोगी बन्न दिदैन।

२: अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनका अनुसार खर्बुजा खाने व्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोग लाग्न पाउँदैन।

३: खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एक्सिडेन्टले क्यान्सर बगाउने फ्रि रेडिकल बन्न दिदैन र क्यान्सर बाट बचाउँछ। त्यसैगरी यसमा पाईने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनहरुले देखाएको छ।

४: खर्बुजामा प्रसस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणलीलाई सन्तुलित राख्न मद्दत गर्छ।

५: खरबुजामा ९२ प्रतिशत पानी र प्रसस्त मात्रामा खनिज पाईन्छ। गर्मी मौसममा हाम्रो शरीरबाट बाहिर जाने पानीलाई खरबुजाले सन्तुलित पार्छ।

६: छालाका तेल ग्रन्थीमा तेल बन्न भिटामिन ए चाहिन्छ। त्यसैगरी शरीरका तन्तुहरु, छाला तथा रौंको वृद्धिको लागि भिटामिन ए जरुरी हुन्छ। खर्बुजामा पाईने भिटामिन ए ले यो जरुरत पुरा गरी छालालाई स्वस्थ राख्न मद्दत गर्छ।

७: खर्बुजामा प्रसस्त मात्रामा पाईने कोलिन सुत्दा, मांसपेसी चलाउँने कामका लागि चाहिन्छ। त्यस्तै सिकाई तथा याद गर्ने प्रक्रियामा पनि चाहिन्छ यी अलावा शरीरमा थकाइको दुखाई कमगर्न तथा चिल्लो पदार्थलाई सोस्ने कोलिन पनि खर्बुजाको सेवनबाट पाइन्छ।

तपाईको प्रतिक्रिया