जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद शुरु

काठमाडौं । ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ काठमाडौँमा शुरु भएको छ। जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन वन तथा वातावरण मन्त्रालय चन्द्रागिरिमा दुईदिने संवाद आयोजना गरिएको हो ।



जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउने उद्देश्यले काठमाडौँमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ को उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । संवादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् । तस्बिर: प्रदीपराज वन्त /रासस

संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे। संवादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन्।

संवादको उद्देश्य संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय ९साब्टा० को ६० औँ सत्रमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञको संवादमा पर्वतीय समस्या समाधान गर्न ठोस मार्गचित्र तयार गर्नु रहेको मन्त्रालयले जनाएको छ।

यो मार्गचित्रलाई आगामी जुनमा जर्मनीको बोनमा हुने साब्टाको ६० औँ सत्रमा जोड्ने र त्यसपछि आगामी कोप(२९ का एजेण्डामा प्रवेश गराई संस्थागत गराउने योजना रहेको मन्त्रालयका सहसचिव महेश्वर ढकालले बताए।

तपाईको प्रतिक्रिया