दैलेखबाट सुर्खेत आउँदै गरेको बस कटकुवामा दुर्घटना, दुई जनाको मृत्यु

सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको बस वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतको कटकुवा नजिक दुर्घटनामा परेको छ। सोमबार दिउँसो कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस दुर्घटनामा परेको हो।



जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त दुर्घटनामा परि दुई जनाको मृत्यु भएको जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले दुर्घटना पनि दुई जनाको मृत्यु भएको जानकारी दिए।

उनकाअनुसार मृत्यु हुनेमा दुल्लु नगरपालिका-१० गमाैडी घर भइ हाल ठाकुरवावा नगरपालिका-३ नेउलापुर बर्दिया निवासी ६५ वर्षीय शेरबहादुर खड्का र दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भिमसेन राना छन् ।

उनले भने, ‘प्रहरी लगायतको उद्धार टोली घटनास्थल पुगेर घाइते २१ जनालाइ उपचारकाे लागि पठाइएकाे छ।’ दुर्घटनामा घाइतेहरुमध्य एक जनाकाे अवस्था गम्भीर छ भने २० जनाकाे सामान्य रहेकाे छ ।

उद्धार गरेकाहरूकाे प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णाली कियरमा उपचार भइरहेकाे छ । प्रहरीकाे प्रारम्भीक अनुसन्धानमा गाडीकाे ब्रेक फेल हुँदा सडकबाट तल खसेकाे र रूखले अट्काउँदा थप मानवीय ठूलाे क्षती हुनबाट जाेगिएकाे प्रहरीले जनाएकाे छ ।

घाइते हुनेहरूकाे विवरण

१० जि.दैलेख दुल्लु न.पा.१३ बस्ने बर्ष अ.२८ को जगत थापाको बायाँ खुट्टा भाचिएको र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम । (कर्णाली प्रदेश अस्पताल कालागाँउ )

२० ऐ.ऐ. ११ बस्ने बर्ष अ. ४५ कि कमला सुनारको शरिरको बिभिन्न भागमा चोट अवस्था बोल्न सक्ने ।( सुर्खेत हस्पिटल)

३० ऐ.ऐ.डुङ्गेश्वर गा.पा. ७ बस्ने बर्ष २० को मोहन थापा कम्मरमा चोट सामान्य । (कर्णाली केयर सुर्खेत )

४० ऐ.दुल्लु न.पा.११ बस्ने बर्ष ३६ को माया खत्री छात्ती र खुट्टामा,टाउकोमा चोट सामान्य बोल्न सक्ने ।

५० ऐ.ऐ.१० बस्ने बर्ष २० प्रदिप थापा हातमा चोट सामान्य ।

६० ऐ.ऐ.बस्ने बर्ष ४० की दुर्गा शाही हात र छात्तीमा चोट सामान्य ।

७० ऐ.ऐ.११ बस्ने बर्ष १७ की रेजिना कार्की छात्ती,घाटी रहातमा चोट सामान्य ।

८० ऐ.ऐ.बस्ने बर्ष २३ को थिर ब. थापा हात र टाउकोमा चोट सामान्य ।

९० ऐ.ऐ.१० बस्ने बर्ष २५ की निर्मला खड्का गालामा चोट सामान्य ।

१००ऐ.ऐ.बस्ने महिना १५ को साहिमल खड्का टाउकोमा चोट सामान्य।

११० ऐ.डुङ्गेश्वर गा.पा ३ बस्ने बर्ष ६० को पदम राना टाउकोमा चोट सामान्य ।

१२० जि.बर्दिया ठाकुरबाबा न.पा.३ बस्ने बर्ष ६१ की खजुरा खड्का खुट्टा,हात र टाउकोमा चोट सामान्य ।

१३०जि.दैलेख डुङगेश्वर गा.पा.६ बस्ने बर्ष १८ को खगेन्द्र थापा नाक,हात र खुट्टामा चोट सामान्य ।

१४० ऐ.ऐ.बस्ने बर्ष २१ को खगेन्द्र थापा हातमा चोट सामान्य ।

१५० ऐ.ऐ.बस्ने बर्ष २४ को लोकेन्द्र रोकाय मगर हात,ढाडमा चोट सामान्य ।

१६० ऐ.ऐ.बस्ने बर्ष २४ को नबिन राना आँखा, खुट्टामा चोट सामान्य ।

१७० जि.दैलेख दु.न.पा.११ बस्ने बर्ष २३ कि तुल्सि कार्की शरिरको बिभिन्न भागमा चोट सामान्य ।

१८० जि.दैलेख डुङ्गेश्वर गा.पा.६ बस्ने बर्ष २१ को खगेन्द्र रानाको हात र टाउकोमा चोट सामान्य ।

१९० जि.दैलेख दु.न.पा.१० बस्ने बर्ष ४९ को प्रेम खड्का हात र ढाडमा चोट सामान्य ।

२०० ऐ.ऐ.११ बस्ने बर्ष ३९ को बल ब. खत्री ढाडमा चोट सामान्य ।

२१० ऐ.ऐ.बस्ने बर्ष ९ की निशान्त खत्री टाउकोमा चोट सामान्य ।

तपाईको प्रतिक्रिया