विचार

‘राजनीति र राजनीतिक अल्प ज्ञान’

जनताको सामाजिक, आर्थिक स्रोत सँगसँगै देशको विकास उन्नती उच्च पार्ने स्तर बनाउने प्रमुख स्रोत राजनीति हो । राजनीतिले व्यक्ति वा नागरीक स्तरमा केही विशेष सिद्धान्त एवम् व्यवहार नीति बनाउँदछ । अझै भन्नुपर्दा शासन गर्नका लागि पद प्राप्त गर्नु तथा सरकारी पदको उपयोग गर्ने नीति बनाउने थलो राजनीति हो ।

यसमा व्यक्ति–व्यक्तिबीच सम्बन्ध विस्तार भई, समूहबाट कमिटी निर्माण गरिन्छ र कमिटी मार्फत विशेष छलफल गरी निर्णय लिइन्छ । यो समाजका साथै देशकै स्थिति मजबुद बनाउने कार्यमा जोडिएको हुन्छ । राजनीतिले सामाजिक, आर्थिक जस्ता क्षेत्रहरु मजबुद बनाउनका लागि देशको विगत, वर्तमान र भविश्यका चुनौतीहरु अध्ययन गरी आवश्यक कदम चाल्न जरुरी छ ।

राजनीतिले राज्य र सरकारसँग सम्बन्धित विचारको विश्लेषण गर्दछ । वास्तममा राजनीतिले हाम्रो समाजको नजिकको घटनाको व्यवस्था र त्यसको समाधानको मुल्याङ्कन गरी व्यवस्थित समाज निर्माण गर्ने सम्भावनाको अध्ययन गर्नुपर्दछ । यसले सरकारको माध्ययमबाट समाजलाई व्यवस्थित तरिकाले मिलाएर त्यहाँको सामाजिक, आर्थिक र सांस्कृतिको उच्च मूल्याङ्कन गरी नियम, कानून बनाउनु पर्दछ ।

राजनीतिक सिद्धान्तका उदेश्यको बारेमा:

जनताको प्रश्नको बारेमा तर्क संगत ढंगले सोच्ने र सामाजिक र राजनीतिको सन्दर्भमा जनातालाई सही तरिकाले प्रशिक्षण दिनु राजनीतिक सिद्धान्तको उदेश्य हो । राजीतिक सिद्धान्त, समाजसँग जोडिएको सिद्धान्त हो यसले शक्ति,न्याय, स्वतन्त्रता र समुदायका नागरीकको अधिकार, राजनीतिक स्थिरता र परिवर्तनका विचारमा ज्ञान दिनुपर्ने हुन्छ । अनि समाजले राजनीतिको अर्थ बुझ्दै जान्छन् । समाजमा अनि देशकै मूख्य चुनौतीहरु ,गरिबी, बेरोजगारी र विकास जस्ता आर्थिक विषयहरु राजनीतीलाई प्रभाव पार्ने मूख्य विषय हुन् । राजनीतिक दलले सरकारमा नीति, नेतृत्व र परिवर्तनसँग जोडिएको हुन्छ ।

समाजलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि समाजद्धारा बनाइएको विविध एकाईहरूको एक अर्कामा अन्र्तनिहित हुने समस्टिगत स्वरुप नै वास्तवमा समाजिक संरचना हो। यसले समाजलाई व्यवस्थित र संयमित बनाउने काम गर्दछ । जसरी एउटा शरीर तन्तुहरुमा मासी, रक्तकोषी, हाड लगायतका विभिन्न तत्वहरू मिलेर बनेको हुन्छ त्यहीँ नै सामाजिक संरचनाहरु विविध एकाइहरू मिलेर बनेको हुन्छ । अहिले नेपाली समाजमा दक्ष युवाको ज्ञान र शिक्षा समाजको लागि उपयोगी नहुनु, अवसरको खोजिमा विदेश पलायन हुनु जस्ता प्रभावहरु धेरै देखिएका छन् ।

नेपालमा हालको राजनीति झट्ट हेर्दा केही बढेको देखिए पनि सामाजिक क्षेत्रमा अन्यौल नै देखिएको छ । समाजमा जुन गतिमा मानुपर्ने हो त्यो देखिएको छैन् । केन्द्रीय राजनीतिको प्रभाव सामाजिक क्षेत्रमा देखिन्छ । स्थानीय, प्रदेश र संघीयताले सामाजिक समस्यालाई अझै मुक्त पार्न सकेको छैन् ।

जुन व्यक्तिबाट सामाजिक समस्या न्युनिकरण गर्न सक्षम छ भनेर आश मानेको छ त्यहीँ व्यक्तिबाट पनि केही हुन सक्दा समाज अझै अन्यौलमै गुज्रिरहेको छ । हामी राजनीतिक वलमा समाजमा भएका गलत काम रोक्न सक्दैनौं । सामाजिक क्षेत्रमा जरा गाडेर बसेको समस्यालाई जरादेखि उखलेर फाल्न सक्दैनौं । विकृती विसंगतिलाई कम गर्न सक्दैनौं तबसम्म हामी समाजमा भरसिलो हुन् सक्दैनौं । यसले हामीलाई सामाजिक क्षेत्रमा अविश्वासको वाटो पैदा गर्दछ ।

अहिले नेपाली समाजमा राजनीतिमा लाग्नु विभिन्न अवसरहरुको प्राप्तीका लागि सजिलो बाटोको रुपमा लिने गरिएको छ । नजिकको मान्छे राजनीतिमा लागिरहँदा आफु पनि लागेको भन्ने र अर्को पद प्रतिष्ठा, मान सम्मानको लागि राजनीतिमा लागेको हामीले देखिरहेका छौँ । वास्तवमा राजनीतिको अर्थ कसले बुझाउने हो । त्यसको बारेमा राजनीतिक दलले खासै चासो राखेको देखिदैन् ।

नेता बन्ने, माननीय र मन्त्री बन्ने चाहना बोकेर राजनीतिमा प्रवेश गरेको देखिन्छ । अहिले नेपाली समाजमा एउटा युवा राजनीतिमा लाग्दा युवाहरुको प्रतिनिधित्वको लागि मात्रै कुरा गर्छ । महिलाले महिलाकोे अधिकार प्राप्तिको गराउने सवालमा मात्र कुरा गर्छ । दलितले दलितको अधिकारको मात्र कुरा गर्छ । मुस्लिम, थारु, जनजाति, ब्राह्मण, क्षेत्री आ–आफ्नो विषयमा मात्र ताल्लुख राख्छन् ।

जब हामीले राजनीतिलाई यसरी बुझ्छौ हामी गन्तब्यमा पुग्न सक्दैनौ र बीचमै निराशा र असफल हुन्छौ । यो राजनीति अल्पज्ञान मात्र हुनेछ । यो पूर्ण ज्ञान होइन् । जब हामी यर्थातमा समग्र विषयलाई बुझ्दैनौं केही विषय मात्र समातेर अगाडी बढ्छौँ । तब हाम्रो राजनीतिक यात्रा बीचमै रोकिन्छ । विषयलाई अंश–अंशमा बुझ्ने कुरा सही होइन् । समग्रमा बुझ्ने र सहि मुद्दालाई प्रतिनिधित्व गरे मात्र अघि बढ्न सके मात्र हामिमा जनताको विश्वास प्राप्ती हुन्छ । कुनै व्यक्ति नेता, माननीय वा मन्त्री हुने भन्ने कुरा चाहाना र इच्छाले मात्र हुने कुरा होइन । चाहना हुनु संयोग मात्रै हो ।

हामीले मुद्धालाई सहि ढंगले उठान गरेर अगाडी बढ्यौ भने हामि नचाहादै नचाहादै पनि हामिमा नेता ,माननीय, मन्त्री हुने सम्भावना रहन्छ । तर, विषयलाई,मुद्धालाई ठिकसँग बुझिएर ग्रहण गरिएन भने हजारौ प्रयास गर्दा पनि गन्तव्यमा पुगिदैन् । नेता बन्दैमा मात्र महान् भइन्छ भन्ने पनि हुँदैन् ।जसले जनताको हित र समुदायको प्रगतिको प्रतिनिधित्व गर्छ ऊ नेता बन्छ सक्छ, चाहे त्यो प्रतिक्रियावादी पार्टीको नेता किन नहोस् । हामीले धेरै नेताहरु देख्यौं, बुझ्यौं मूख्यकुरा सम्रग वर्गको नेता भन्ने हो ।

हामीसँग धेरै समस्याहरु छन् । महिला÷पुरुषका समस्या, दलित, जनजाति, ब्राह्माण, क्षेत्री, विपन्न वर्ग, किसान, शिक्षका, विद्यार्थी, अपाङ्गता, अल्पसंख्यकका लगायतका समस्या छन् । हिमाल, पहाड, तराईमा बसोबास गर्ने समुदायका समस्या छन् । संस्कृतिक, भाषाका, परम्पराका समस्यालाई जब राजनीतिक दलले यी विषयका मुद्दालाई समग्रमा लिएर उचित समाधानमा लाग्दैन वा यस समस्याको हलको प्रतिनिधित्व गर्दैन ,तब राजनीतिक यात्रा अपूरो हुन्छ ।

चुनावमा टिकट मिलेन, तपाईं भाग्नुहुन्छ रु जनप्रतिनिधि अध्यक्ष,सदस्य हुन पाइएन भन्दै तपाई विद्रोह गर्नुहुन्छ रु पार्टी कमिटीमा रोजेको पद प्राप्ती भएन राजनीतिमा लागेको वेकार भएको भावना प्रकट गर्नुहुन्छ रु यसरी राजनीति नबुझेका नेता कार्यकर्ता भयो भने पार्टी छोड्ने धम्की वा पार्टीमा पलायन हुनुहुन्छ रु अर्काले प्रलोभन देखाइदियो भने उतै जानु हुन्छ रु यस्ता गतिविधिहरु राजनीतिमा अल्प ज्ञानको परिणाम हो ।

राजनीतिलाई गम्भीरताका साथ बुझौ। म राजनीत किन र के का लागि गर्दैछु, स्पष्ट हुन जरुरी छ । धेरै पटक हाम्रा चाहाना विपरीत निर्णयहरु पनि हुनसक्छन् त्यसलाई ग्रहण गर्न सक्नु पर्दछ । हामीले धैर्यता गुमाउनु हुँदैन् । आफ्नो विषयमा निरन्तर अडिग् भैरहनु पर्दछ । तपाईं महिला भएर जन्मिनु,पुरुष भएर जन्मिनु,जनजाती,दलित,वाह्मण,क्षेत्री,हिन्दु,मुस्लिम, क्रिशिचियन,चाहे जे हुनुहोस् तपाई वर्गको मात्र होईन सम्रगको नेता बन्न सक्नुहुन्छ ।

अन्ततः सामुहिक एकता हाम्रो मुल मन्त्र हो ।
कमिटी प्रणाली हाम्रो आत्मा र जीवन हो ।

समग्र मानव जातिको व्यक्ति नै हाम्रो दर्शन हो भन्ने मान्यताका साथ अघि बढौँ । गन्तव्यमा पुन गाह्रो छ तर, असम्भव छैन् । सकारात्मका सोचका साथ अघि बढौँ ।

आचार्य राष्ट्रिय युवासंघ नेपाल, सुर्खेतका अध्यक्ष हुन्।  

तपाईको प्रतिक्रिया