इगा स्वितेकले तेस्रो पटक जितेन इटालियन ओपन

काठमाडौं । इटालियन ओपनको उपाधि इगा स्वितेकले तेस्रो पटक जितेकी छन्।



रोममा गएराति सम्पन्न खेलमा स्वितेकले आरिना साबालेन्कालाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरिन्।​

साबालेन्काविरुद्ध प्रभुत्वशाली जित दर्ता गरेकी २२ वर्षीया स्वितेकका लागि यो करियरको २१ औं उपाधि हो। विश्व नम्बर एक स्वितेकले यस बर्षको मड्रिड ओपनको फाइनलमासमेत साबालेन्कालाई नै पराजित गरेकी थिइन्।

चार वर्षमा तेस्रो पटक इटालियन ओपनको उपाधि जितेकी स्वितेकले प्रतियोगिताको यस संस्करणमा कुनै सेट पनि गुमाइनन्।

अब स्वितेक डिफेन्डिङ च्याम्पियनको रूपमा फ्रेन्च ओपनमा प्रतिस्पर्धा गर्ने छिन्। क्ले कोर्ट ग्रान्ड स्लाम पेरिसमा मे २६ बाट सुरु हुँदैछ।

तपाईको प्रतिक्रिया