सुर्खेत । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि भारतमा हलचल भएको छ। भारतका विभिन्न मिडियाले यस विषयलाई गम्भीरता साथ उठाएका छन्।
यसैबीच नवभारत टाइम्सले आफ्नो पोर्टलमा ‘अखंड भारत’ को जवाफमा अब ‘ग्रेटर नेपाल’ को नक्सा आयो, योगीको गोरखपुर र नितिशको हाजीपुर सबै समावेश भन्दै समाचार प्रकाशीत गरेको छ।


नवभारतले भारतीय संसदको नयाँ भवनमा ‘अखण्ड भारत’ को नक्सा राखेपछि आक्रोशित हुँदै नेपालका विपक्षी दलहरुले अब नयाँ चाल खेलेका बताएको छ।
नवभारतले लेखेको छ, ‘अखण्ड भारतको जवाफमा काठमाडौंका मेयर बालेन्द्र शाहले आफ्नो कार्यालयमा नयाँ ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्। यसमा यूपी र बिहारका धेरै क्षेत्रलाई नेपालको हिस्सा देखाइएको छ। अर्कोतर्फ नेपाल सरकारले हालसम्म यस विषयमा कुनै प्रतिक्रिया नदिए पनि विपक्षी दलहरुले यो विषयलाई अनावश्यक रुपमा चर्काउने गरेका छन्।’
यस्तै, भारतीय सञ्चार माध्यमले यस विषयमा नेपाल सरकारले हालसम्म कुनै प्रतिक्रिया नदिए पनि केपी ओली लगायतका विपक्षी दलले प्रचण्ड सरकारलाई अखण्ड भारतको भिडन्तको विषय भारतसँग उठाउन माग गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
मेयर बालेनले ‘ग्रेटर नेपाल’को नक्सा सार्वजनिक गरेपछि भारतीय विदेशमन्त्री एस जयशंकरले यो नक्साले सम्राट अशोकको साम्राज्य देखाएको स्पष्ट पारेका सञ्चार माध्यमले जनाएका छन्।

साथै सञ्चार माध्यमहरुले काठमाडौंका मेयर हाल आफ्नी श्रीमतीको उपचारका लागि बैंगलोरमा रहेका तर, उक्त नक्सा भारत भ्रमणअघि आफ्नो कार्यालयमा राखेको समेत उल्लेख गरेका छन्।
यस्तै, कुनै समय नेपाल राज्य पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो। तर, बेलायतसँगको युद्धपछि नेपालले यो ठूलो क्षेत्र गुमाउनुपरेको साथै युद्धपछि मेचीदेखि टिष्टा र महाकालीदेखि सतलजसम्मको भूभाग सदाका लागि भारतको हिस्सा बनेको थियो बालेनले जारी गरेको नयाँ नक्सामा भारतमा पर्ने यूपीको गोरखपुर र त्यसको छेउछाउका क्षेत्र र बिहारका धेरै क्षेत्रलाई नेपालको हिस्सा देखाइएको पनि उल्लेख गरेको छ।
साथै नक्सामा मात्र नभइ अहिले ती क्षेत्रहरु नेपाललाई फिर्ता गर्नुपर्ने माग नेपालमा पनि उठेको, भारत समर्थक नेपाली कांग्रेसका नेता गगन थापाले बिहीबार नेपाल सरकारले ‘ग्रेटर नेपाल’को नक्सा औपचारिक रुपमा सार्वजनिक गर्न साथै ग्रेटर नेपालको नक्सा प्रकाशन गर्ने अधिकार नेपाललाई भन्दै बोलेको कुरा भारतीय सञ्चार माध्ययमले लेखेका छन्।
यस्तै, भारतीय सञ्चार माध्यमले लेखेका छन्, ‘भारतको यो अखण्ड विवादमा भर्खरै नयाँदिल्ली भ्रमण गरेका नेपालका प्रधानमन्त्री प्रचण्डले भारतको बचाउ गरेका छन्। उनले भने, ‘हामीले यो विषय भारतसँग उठाएका छौं तर हामीले यसको विवरण मिडियामा प्रकाशित गर्न सक्दैनौं। जवाफमा भारतले यो राजनीतिक नक्सा नभई सांस्कृतिक र ऐतिहासिक नक्सा भएको बताएको थियो। यसलाई राजनीतिक दृष्टिले हेर्नु हुँदैन। यो नक्साको अध्ययन आवश्यक छ तर मैले यो मुद्दा भारतसँग उठाएको थिएँ।’
साथै यसअघि नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अखण्ड भारतको नक्सालाई लिएर भारतलाई चेतावनी दिएका पनि सञ्चार माध्यमले जनाएका छन्।
नेपाली अनुवाद (नेपालकर्म)

नेपाल कर्म । २६ जेष्ठ २०८०, शुक्रबार ०८:५५