अफगानिस्तानमा आएको भीषण बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको घोर र फरयाब प्रान्तमा आएको भीषण बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ।



अफगानी सञ्चारमाध्यम टोलो न्यूजका अनुसार शुक्रबार अचानक आएको बाढीमा परी अरु केही व्यक्ति बेपत्ता र घाइतेसमेत भएका छन्। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अफगान अधिकारीहरुका अनुसार यी क्षेत्रमा भारी वर्षापछि बाढी आएको हो।

बाढीबाट कयौँ पशुहरु मरेका छन्। २ हजारभन्दा बढी घर नष्ट भएका छन्। गत हप्ता मात्रै अफगानिस्तानमा बाढीबाट ३ सय बढीको मृत्यु भएको थियो। भारी वर्षाले खेतीपाती नष्ट गरेको छ।

अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत खेतीपातीमा निर्धर छ। त्यहाँको मौसम विभागले आगामी दिनमा कयौँ क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया