दैलेख । स्थानीय स्रोत साधनको प्रयोगबाट उद्यमी सिर्जना गर्न उद्यमशीलता विकास तालिम दिइएको छ । दैलेख र अछाम जिल्लाका स्थानीय तहका नागरिकलाई स्थानीय स्रोतको प्रयोगबाट कसरी उद्यमी बनाउने भन्ने विषयमा दैलेखकाे राकम कर्णालीमा तालिम प्रदान गरिएको हो ।

माछा पालन, अल्लो प्रशोधन, माटाका भाडा निमार्ण, बास, निगालो, जडीबुटी, पशुपालन, टिमुर खेती्, कृषि तथा पशुपंक्षी पालन व्यवसाय तथा होमस्टय लगायतका २४ जना साना तथा मझौला व्यवसायीहरुलाई तालिम दिइएको छ । प्रकृतिमा आधारित उद्यमहरूको पहिचान गर्नु र उनीहरूको व्यवसायको दृष्टिकोण र योजनामा क्षमता अभिवृद्धि गर्न उदेश्यले तालिम दिइएको युएसएआईडी जल जङ्गलका बरिष्ठ कार्यक्रम अधिकृत बिनोदकुमार शाहीले जानकारी दिए ।
उद्यमीहरूलाई वातावरणीय दिगोपनलाई ध्यानमा राखी प्रकृतिमा आधारित उद्यमहरूको व्यवसाय योजनाको बारेमा बुझ्न मद्दत गर्ने कुरा सिकाएको उद्यम विकास अधिकृत मुकेश कुँवरले जानकारी दिए ।
सहभागीहरुलाई साना तथा मझौला व्यवसायीहरुहरूलाई जैविक विविधता, जलवायु परिवर्तन, सफल उद्यमीका विशेषता ,व्यवसाय छनौट ,व्यवसायको परिचय, महत्व, व्यवसाय गर्दा ध्यान दिने कुराहरु, निति नियम, माग तथा आपूर्ति खेल मोड्युल २, व्यवसायीक योजना सम्बन्धि कक्षा संचालन गरिएको थियो ।
युएसएआईडी जल जंगलले प्रकृतिमा आधारित उद्यमीहरूलाई सहयोग गर्नेछ । जैविक विविधताको संरक्षणमा मद्दत गर्नेछ र अन्ततः यसको संरक्षणमा नेतृत्व गर्नेछन भने यसले व्यवसायीहरुको एकअर्कालाई अन्तरक्रिया र बुझ्ने र उनीहरूको उद्यम सम्बन्धी समस्या र समस्याहरू साझा गर्ने अवसर प्रदान गरेको छ ।
तालिममा युएसएआईडी जल जङ्गल परियोजनाको आयोजना प्राकृतिक स्रोतमा आधारित उद्यमीहरुका लागि ३ दिने उद्यमशीलता विकास सम्बन्धि तालिम कर्णाली प्रदेशको दैलेखको राकम बजारमा सम्पन्न भएको छ ।
तालिममा दैलेखको भैरबी गाउँपालिका, दुल्लु नगरपालिका, चामुन्डाबिद्रासैनी नगरपालिका, ठाँटीकाँध गाउपालिका र आठबिस नगरपालिका तथा अछाम जिल्लाको रामारोसन गाउँपालिका, तुर्माखाँद गाउपालिका, कमलबजार नगरपालिकाबाट सहभागीहरु उपस्थित थिए ।

तालिममा युएसएआईडी जल जङ्गल परियोजनाका उद्यम विकास अधिकृत मुकेश कुँवर, सिनियर जेसी अफिसर शारदा शेर्पा, वरिष्ठ कार्यक्रम अधिकृत बिनोद कुमार शाही तथा चामुन्डाबिन्द्रासैनि नगरपालिका र कमलबजार नगरपालिका उद्यम विकास सहजकर्ताहरु समेतले तालिमको सहजीकरण गरेका थिए ।


नेपाल कर्म । ५ जेष्ठ २०८१, शनिबार १८:२९