सुर्खेत । हाम्रो युवा सञ्जालले भेरी नदी सरसफाइ गरेको छ। बिहीबार ‘स्वाच्छ नदी, स्वास्थ्य जीवन’ भन्ने नाराका साथ युवा सञ्जालले वीरेन्द्रनगरको भेरी नदीमा सरसफाइ गरिएको हो।

बिहीबार बिहान युवा सञ्जालले भेरी नदी पुलको आसपास क्षेत्रमा सरसफाइ गरेको हो। उक्त कार्यक्रममा १८ जनाको सहभागीता रहेको थियो।

यस्तै, युवा सञ्जालले संकलन गरेको फोहोर वीरेन्द्रनगर नगरपालिकालाई व्यवस्थापनका लागि जिम्मा लगाएको छ।

खोला, नाला र नदी लगायतका ठाउँलाई सरसफाइ गर्नुपर्छ, प्राृकतिकलाई सुन्दर बनाउनुपर्छ र साँस्कृतिक गतिविधिहरुमा पनि फोहोर नियन्त्रण गर्नका लागि सरकारले चिन्तन गर्नु पर्ने उदेश्य राखिएको युवा सञ्जालको राखेको छ।
यस्तै, युवा सञ्जालले स्थानीय सरकारलाई सरसफाइ सम्बन्धि आवश्यक सुझाव पनि दिँदै आएको छ।

नेपाल कर्म । ५ जेष्ठ २०८१, शनिबार १३:१५