नवजात शिशुकाे शव फेला

सल्यान । सल्यानमा नवजात शिशुको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका-१ कुईयापानीस्थित शारदा नदीको तालमा बिहीबार बेलुकी नवजात शिशुको शव फेला परेको हो ।



मृत अवस्थामा फेला परेको नवजात शिशु सालनालसहित रहेको र शारदा नदीको तालमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको उनले जनाए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया