राष्ट्रियसभा बैठक आइतबार बस्नेगरी स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरू उठेर लगातार अवरोध गरेपछि बैठक जेठ ६ गते आइतबार दिउँसो १ः१५ मिनेटमा बस्नेगरी स्थगित  गरिएको हो।



सहकारी ठगी प्रकरणलाई लिएर प्रतिनिधिसभा अवरुद्ध पार्दै आएको कांग्रेसले राष्ट्रियसभा पनि चल्न नदिएको हो। बिहीबारको प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै बैठकमा पनि कांग्रेसले अवरोध गरेको थियो।

सांसदहरू उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले महत्वपूर्ण विषयहरू छायामा परेको भन्दै सांसदहरूलाई बसेर बैठक सञ्चालन गर्न सहयोग गर्न पटक(पटक आग्रह गरेका थिए। यद्यपि, कांग्रेसका सांसदहरू उठेर विरोध जनाइरहेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो।

तपाईको प्रतिक्रिया