सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रवारदेखि मनोसामाजिक मनोविमर्श तालिम सुरु भएको छ । नागरिक आवाजको सहयोग तथा सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतको आयोजनामा तालिम सुरु भएको हो । संस्थाका उपाध्यक्ष मञ्जु राना क्षेत्रीको अध्यक्षता तथा कार्यकारी निर्देशक मधुरानी ढकालको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ ।

तालिममा वीरेन्द्रनगर नगरपालिकाको विभिन्न वडाका टोल विकास संस्थाका प्रतिनीधि र विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागि छन् । तालिममा २० जना सहभागि रहेको वामका लेखा सहायक हरि देवकोटाले बताए । उनका अनुसार तालिम तीन दिनसम्म चल्नेछ ।


मनोसामाजिक समस्या, यसले पारेको प्रभाव र रोकथामका उपायहरुबारे समुदायस्तरसँगै विद्यार्थीहरुलाई सचेत बनाउने उदेश्यले तालिम आयोजना गरिएको हो । सुर्खेतको वीरेन्द्रनगर र बराहतालमा नागरिक आवाजको सहयोगमा वामले सामुदायिक सुरक्षा जालो परियोजना सञ्चालन गरिरहेको छ ।

नेपाल कर्म । ४ जेष्ठ २०८१, शुक्रबार ११:२१