कांग्रेसले बोलायो विपक्षी दलको संयुक्त बैठक

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । त्यस लगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ।



कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक जारी रहेको र त्यस लगत्तै जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएको जानकारी दिए ।

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठक चल्न नदिने कांग्रेसको रणनीति छ ।

तपाईको प्रतिक्रिया