जयनगर जनकपुर रेलसेवा तीन दिनसम्म बन्द रहने

काठमाण्डौ । भारतमा लोकसभा चुनावका लागि नेपाल(भारत बोर्डर सिल गर्न लागेकाले जयनगर(जनकपुर(भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ ।



भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ वैशाख २५०मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएको छ । त्यसैले भोलिदेखि नै जयनगर(जनकपुर(भंगहा रेलसेवा बन्द हुने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जन झाले आज सूचना जारी गर्दै आईतवारदेखि मंगलवारसम्म तीन दिन जयनग(जनकपुर(भंगहा खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने जनाएका छन् ।

इन्डो नेपाल अन्तर्राष्ट्रीय वोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णय अनुसार रेलसेवा तीन दिन बन्द गरिएको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया