आईपीएल क्रिकेटमा आज हैदराबाद र गुजरात खेल्दै

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ ।



जारी आईपीएलमा हैदराबाद १२ खेलमा १४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उसले यो खेल जितेमा प्लेअफमा छनोट हुनेछ । त्यसैगरी गुजरात भने आईपीएलको प्लेअफको दौडबाट यसअघि नै बाहिरिसकेको छ ।

यसअघि कोलकोतासँगको खेल वर्षाका कारण रद्द भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो । गुजरात १३ खेलमा ११ अङ्कसहित तालिकामा आठौँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया