लागु औषध दुव्र्यसन विरुद्ध स्कुलमै पुगेर सचेतना

सुर्खेत । पछिल्लो समयमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित विभिन्न जिल्लामा लागू औषध दुव्र्यसन सेवन गर्नेको संख्या ह्वात्तै बढेको छ । दिनहूजसो प्रहरीले लागु औषधसहित व्यक्तिहरुलाई पक्राउ गरिरहेको छ । दुव्र्यसनी र प्रयोगकर्ताको संख्या बढ्न थालेपछि प्रहरीले विद्यालयमै पुगेर सचेतनामुलक कार्यक्रममा जोड दिएको हो ।



जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाका विभिन्न विद्यालयहरुमा पुगेर विद्यालयस्तरमै लागु औषध दुव्र्यसन विरुद्ध सचेतनामुलक कार्यक्रमहरु गरिरहेको छ । सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय र टोलहरुमा पुगेर सचेतनामुलक अभियानलाई निरन्तरता दिइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनकाअनुसार प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ मा रहेको अमर ज्योति नमुना माध्यमिक विद्यालय नेवारेमा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषधको असर र प्रभावका विषयमा जानकारी दिइएको हो ।

कार्यक्रमा शिक्षकहरु र कक्षा १० मा अध्ययनरत करिव ९० जना विद्यार्थीहरुलाई विषयत जानकारी दिइएको छ । प्रवक्ता विश्वकर्माकाअनुसार बढ्दो लागुऔषध र सामाजिक अपराध न्युनिकरणर गर्ने विषयमा उनीहरुलाई जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया