सुर्खेत । सुर्खेत प्रहरीले बैकिङ कसूर मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट तिलागुफा नगरपालिका–६ घर भएका टेकबहादुर शाही पक्राउ परेका हुन् ।
३६ वर्षीय शाही हाल वीरेन्द्रनगर–२ मा बस्दै आएका छन् । विशेष सूचनाको आधारमा शाहीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनी बैंकिङ कसुर मुद्दा दर्ता भएदेखी नै फरार रहेका र खोजतलास गर्ने क्रममा आफ्नै घरबाट पक्राउ गरेको प्रवक्ता विश्वकर्माले बताए ।


नेपाल कर्म । ३ जेष्ठ २०८१, बिहीबार १३:२०