दाङबाट दाजु/भाउजुलाई भेट्न सल्यान पुगेकी कमलाको लडेर मृत्यु

सुर्खेत । दाईलाई भेट्न सल्यान पुगेकी दाङकी कमला बुढाथोकीको लडेर मृत्यु भएको छ। दाङको तुल्सीपुर उपमहानगरपालिका–१३ बखरिया बस्ने १६ वर्षीया कमलाको मृत्यु भएको हो।



प्रहरीकाअनुसार कमला सल्यान बागचौर नगरपालिका–५ फुरफुरे स्थित आफ्नै दाजु/भाउजुलाई भेट्न पुगेकी थिइन्।

घरमा पुगिसकेपछि घरको माथिल्लो तलाको बार्दलीमा उभिएर फोन गर्ने क्रममा लडेकी प्रहरीले जनाएको छ। लडेर गम्भीर घाइते भएकी कमलालाई तत्काल उद्धार गरि उपचारका लागि बागचौर मेडिकलमा लागिएको थियो।

त्यसपछि कमलालाई थप उपचारका लागि बिहीबार बिहान ४ बजे राप्ती प्रादेशिकअस्पताल तुल्सीपुर दाङमा लगिएको र उपचारको क्रममा बिहान करिब ५ बजे मृत्यु भएकाे प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया