क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ अब विश्वकप खेल्ने बाटो खुल्यो

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उनलाई उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला बदर गर्दै बलात्कार मुद्दामा सफाइ दिएको हो ।



बलात्कार मुद्दामा उच्चबाट सफाइ पाएसँगै नेपालका मुख्य खेलाडी सन्दीपले विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ । यद्यपि नेपाली क्रिकेट टिम आधिकारिक रुपमा घोषणा भई अमेरिका पुगिसकेको छ । तर, यही २५ मेसम्म खेलाडी प्रतिस्थापन गर्न पाउने आईसीसीले समय दिएकाले नेपाल क्रिकेट संघले चाहेमा उनलाई अमेरिका पठाउन सक्छ ।

अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा समूह डी मा छ । नेपाल रहेको सो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड छन् । प्रतियोगिता १ जूनमा सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया