काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति कटाक्ष गरेका छन्। बुधबार पार्टी संसदीय दलको बैठकमा बोल्दै ओलीले सभामुखप्रति लक्षित गर्दै थापाले दिएको अभिव्यक्तिको कटाक्ष गरेका हुन्।

‘सभामुखलाई के भनेको त्योरु तपाईंले दिएको निगाहाको समय चाहिँदैन। अनि सभामुखले दिएको समयमा नबोलेर घरबाटै ल्याएको समयमा बोल्नेरु आफ्नो स्वेच्छाचारिता हुन्छ संसदमारु के भन्या कांग्रेसलेरु’ कटाक्ष गर्दै ओलीले भने, ‘कांग्रेसको पनि महामन्त्रीजस्तो पद समातेर बसेको मान्छेले के बोलेको त्योरु कि कांग्रेसको कार्यकर्ता भएन भने कुनै पद ओहदामा भए पनि कसैलाई सम्मान गर्न नपर्ने हो रु’


बजेट अधिवेशनको पहिलो बैठकमा सभामुखले थापालाई बोल्न ३ मिनेटको समय दिएका थिए। त्यसपछि दुई मिनेट समय थपिदिएको बताएपछि उनले आफूलाई निगाहको समय नचाहिएको भन्दै हकको समय चाहिएको बताएका थिए।

नेपाल कर्म । २ जेष्ठ २०८१, बुधबार १५:३०