सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध (ब्राउनसुगर) सहित दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ का ३५ वर्षीय कमल पन्त र सोही ठाउँका २५ वर्षीय निशान्त खत्री रहेका छन् ।

उनीहरुलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए । शकास्पद भेटिएका पन्तको शरिर खानतलासी गर्दा एक सय ६० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको उनले बताए ।


त्यस्तै सोही ठाउका निशान्त खत्रीलाइ आफ्नै घरमा शंकास्पद रुपमा बसिरहेको अबस्थामा फेला पारी शरिर चेक जाँच गर्दा एक ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रवक्ता विश्वकर्माले बताए ।

भावना राेकाया । २ जेष्ठ २०८१, बुधबार १५:०९