राष्ट्रिय युवा संघ नेपाल, कर्णालीद्धारा ‘युवा मन्थन’

सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीले आफ्नो स्थापना दिवसको अवसरमा ‘कर्णालीको विद्यामन अवस्था र बेरोजगारि समस्याको दिर्घकालिन समाधान बिषयक युवा मन्थन’ कार्यक्रम गरेको छ। मंगलबार संघका अध्यक्ष जीवन शाहीको अध्यक्षतामा र एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा कार्यक्रम गरिएको हो।



राष्ट्रिय युवा संघ नेपालको ३५औँ स्थापना दिवसको अवसरमा राष्टि«य युवासंघ नेपाल, कर्णाली प्रदेश कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजङ्ग शाहले युवाहरु उत्पादनमा जोडिनु पर्नेमा जोड दिए।

उनले भने, ‘समृद्धिको अभियानको नेतृत्व युवाहरुले गर्नुपर्ने छ। त्यसैले सबै युवाहरु अब आ–आफ्नो ठाउँबाट उत्पादनमा जोडिनुहोस्।’

यस्तै, कार्यक्रम बोल्दै कर्णाली प्रदेशका उद्दोग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतले कर्णाली प्रदेशको भविश्य युवाहरुको हातमा भएको र कर्णाली सरकार युवा मैत्री बजेट र कानुन बनाउन सरकार सकरात्मक भएको बताए।

यस्तै, उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले कर्णाली प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईंले कर्णाली विकासको प्रमुख समस्या टुक्रे योजना रहेको र अब कर्णाली प्रदेशले बृहत तथा अर्थपुर्ण योजना र अर्थपुर्ण बजेट ल्याउनु पर्ने र त्यसमा आफ्नो दृढ प्राथमिकता रहने दाबी गरे।

कार्यक्रममा एमाले युवा नेता कुमारबिक्रम शाहिले कर्णालीको ‘विद्यमान अबस्था र बेरोजगारी समस्याको दिर्घकालिन समाधान’ विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए।

उक्त अवधारणा पत्रमाथि उप–प्रध्यापक माधवप्रसाद खनाल, युवा नेता किरण किशोर सापकोटा, वाइसीएल इन्चार्ज गणेशबहादुर शाही, पर्यटन व्यवसायी तथा बोटे बोरा कम्पनिका सञ्चालक बिष्णु ढकाल लगायतले टिप्पणीका साथै कर्णालीको बर्तमान समस्या र त्यसको समाधानबारे रचनात्मक धारणा व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया