अनेरास्ववियुको स्थापना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

सुर्खेत । अनेरास्ववियुले सुर्खेतले आफ्नो स्थापना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ। मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आफ्नो ६०औं स्थापना दिवसको अवसरमा हाजिरी जवाफको आयोजना गरेको हो।



अनेरास्ववियु सुर्खेतले ‘देशभरीका सम्पूर्ण प्रगतिशील जनवादि तथा देशभक्त विद्यार्थीहरु एकजुट हौँ’ भन्ने नाराका साथ हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेर ६०औँ स्थापना दिवस मनाएको छ।

अनेरास्ववियुले मंगलबार माध्यमिक विद्यालय स्तरीय आजिरी जवाफ प्रगियोगिताको आयोजना सुर्खेत बहुमुखी क्याम्पसको प्रशासनिक भवनमा गरिएको अनेरास्ववियुका सुर्खेत संयोज आशिस आचार्यले जानकारी दिए।

उनकाअनुसार प्रतियोगितामा सहभागी प्रतिस्पर्धी विद्यालयहरू मध्य सुर्खेत होराइजन एकेडेमी पहिलो, गाग्रेताल स्कुल दोस्रो र त्रिपुरेश्वर मावि ढोडेखालीले तेस्रो स्थान हासिल गरेका छन्। विजेताले क्रमशः ८ हजार, ६ हजार र ४ हजारका दरले पुरस्कार र प्रमाण–पत्र वितवरण गरिएको छ।

तपाईको प्रतिक्रिया