सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी सुर्खेतले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ। मंगलबार राष्ट्रिय युवा संघ, नेपालको ३५औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो।
संगठनका सुर्खेत सचिव धनिराम आचार्यले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ कोलडाडामा रहेको प्रभात माविमा शिशु कक्षादेखि ५ कक्षासम्म अध्ययनत २४४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए।


शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा सुर्खेत जिल्ला सचिव धनिराम आचार्यको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नमराज रातवको प्रमुख आतिथ्य, संगठनका केन्द्रीय सदस्य तथा कर्णाली सह–इन्चार्ज लोकेन्द्र गौतम, पुर्व वडा अध्यक्ष बलबहादुर रोकाय, संगठनका केन्द्रीय विज्ञ आयोग सदस्यद्वय दिपक रिजाल, जीवन अधिकारी, जिल्ला कमिटी सदस्य सुनिल थापा विद्यालय व्यावस्थापन समिती अध्यक्ष टेकराज आचार्य, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष आशिस आचार्य, सदस्य प्रतीक शाही, दिपक तिवारी, राष्ट्रिय युवा संघ नेपाल वीरेन्द्रनगर कमिटी अध्यक्ष रामु दाहाल खत्री, विद्यालका प्रधानाध्यापक गगिंसरा सारु लगायतको सहभागी रहेको थियो।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य नमराज रावतले युवा संघ रचनात्मक कार्यक्रम गरेको भन्दै संगठनलाई हौसला प्रदान गरे। उनले भने, ‘विभिन्न राजनीतिक दलका संघ संगठन छन्। ती संगठन भन्दा नेकपा एमालेको एक संगठन युवा संघ नेपालले समाजमा नयाँ र रचनात्मक काम गर्दै आएको छ। यस संगठनले आफ्नो स्थापना दिवसको अवसरमा मात्रै नभइ अन्य समयमा पनि यस्ता कार्यक्रम गर्दै अगाडी बढ्न पनि सुझाव दिन चाहान्छु।’





नेपाल कर्म । १ जेष्ठ २०८१, मंगलवार १७:१३