सुर्खेत । सल्यानमा श्रीमतीको हत्यापछि एक पुरूषले आत्महत्या गरेका छन्। सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले श्रीमतीको हत्या गरि आफुले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार केशवले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन्।
केशवले श्रीमती केवलीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।


जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नवीन कार्कीले हिजो घटेको उक्त घटना स्थलमा जाँदै गरेको जानकारी दिए।
उनले भने, `सुत्ने कोठामा श्रीमतीको हत्या गरी घरदेखि नजिकै रहेको रुखमा झुन्डिएर रानाले आत्हत्या गरेको कुरा सुनिएको छ। थप अपडेट आउन बाकी

नेपाल कर्म । १ जेष्ठ २०८१, मंगलवार १०:२५