सुर्खेत । बिहीबार बिहीबार कालीकोटको रास्कोट नगरपालिका–२ मा भएको जिप दुर्घटनामा घाइतेको उपचारको लागि हेलिक्पटरबाट उद्धार गरिएको छ। दुर्घटनामा गम्भीर घाइते ३० वर्षीया रीताकुमारी शाहीको उद्धार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटाका प्रहरी निरीक्षक सुबराज बमका अनुसार शाहीको थप उपचारका लागि नेपाली सेनाको हेलिक्पटरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेत रिफर लगिएको छ।
रास्कोट नगरपालिका–२, सेरा बजारमा रोकिराखेको ग ३ च ४६१० नम्बरको डबल क्याब जिप आज बिहान पौने ८ बजेतिर एक्कासि ब्याक हुन गई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको भियो।

उक्त दुर्घटनामा परी रास्कोट नगरपालिकाÞ–१ का ४३ वर्षीय मानबहादुर शाही र उनको श्रीमति ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरी निरीक्षक बमका अनुसार उक्त जिप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फका लागि तयारी अवस्थामा रहेको थियो। तर, जिप न्युट्रलमा राखेर चालक बाहिर रहेको अवस्थामा दुर्घटना हुन पुगेको हो।
दुर्घटनापछि जिपका चालक विनोद दर्लामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल कर्म । २५ जेष्ठ २०८०, बिहीबार ११:५२