काठमाण्डौ । सुन चाँदीको भाउ घटेएको छ । सुन आज तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३८ हजार चार सय रुपौयाँ रहेको थियो ।


त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय १५ रुपैयाँ कायम भएको छ ।


नेपाल कर्म । ३१ बैशाख २०८१, सोमबार १३:३२