सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न ठाँउमा सचेतनामूलक कार्यक्रम गरेको छ । आईतबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहतका समुदायिक प्रहरी सेवा केन्द्र, ईलाका प्रहरी कार्यालय बाबिँयाचौर तथा प्रहरी चौकी रामघाट र अस्थायी प्रहरी पोष्ट बोटेचौरद्धारा विभिन्न स्थानमा कार्यक्रम भएका हुन् ।

प्रहरीले सामाजिक विकृति विरुद्ध र बाल बिवाह सम्बन्धी सचेतनामुलक सडक नाटक प्रर्दशन र लागुऔषध न्युनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।


उक्त कार्यक्रममा स्थानिय नागरीकहरुलाई बढ्दो सामाजिक विकृति र बाल बिवाह सम्बन्धी सडक नाटक र लागुऔषध न्यूनिकरण सम्बन्धी जानकारी गराइएको थियो ।

नेपाल कर्म । ३१ बैशाख २०८१, सोमबार १३:१६