कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्।



प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन्। उनले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम उक्त आह्वान गरेका हुन्।

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए। उनलाई नेकपा ९एमाले० का ३९, नेकपा ९माओवादी केन्द्र० का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ।

आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधन समेत० को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ।

तपाईको प्रतिक्रिया