इन्डियन प्रिमियर लिगमा आज कोलकाता र गुजरात खेल्दै :खेल बेलुका ८ बजे शुरु

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाईट राइडर्स र गुजरात टाईटन्स खेल्दैछन् । गुजरातको अहमदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।



कोलकाता १२ खेलमा ९ मा जित र ३ मा हार व्यहोरेर १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गुजरात १२ खेलमा ५ मा जित र ७ मा हार व्यहोरेर १० अङ्ककासाथ ८ औँ स्थानमा छ । कोलकाताको कप्तानी श्रीयास ऐयर र गुजरातको कप्तानी सुभमन गिलले गर्नेछन् ।

तपाईको प्रतिक्रिया