लागुऔषध दुव्र्यसनीविरुद्ध प्रहरीको सचेतनामुलक कार्यक्रम

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । शनिवार ‘सामुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत वीरेन्द्रनगरको एक होटलमा कार्यक्रम सम्पन्न गरेको हो । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको सुर्खेत भ्यू होटलको सभाहलमा वडाध्यक्ष खिमलाल देवकोटाको अध्यक्षतामा तथा नगर प्रमुख मोहनमाया ढकालको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।



पछिल्लो समय युवाहरुलाई लागुऔषध दुव्र्यसनी र सामाजिक अपराध र यसले पार्ने प्रभावबारे सचेतनामुलक कार्यक्रम सम्मन्न गरेको छ । कार्यक्रममा स्थानीय जन–प्रतिनिधिहरु, टोल विकास संस्थाहरुका प्रतिनिधिहरु, आमा समुह, युवा क्लब, बाल क्लब लगायत सरोकारवाला निकायका प्रतिनिधिहरु साथै सर्वसाधारणहरुको उपस्थिति रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । विश्वकर्माका अनुसार बढ्दो लागुऔषध दुव्र्यसनी र सामाजिक अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक भिडियो प्रदर्शन कार्यक्रम गरिएको थियो ।

तपाईको प्रतिक्रिया