काठमाण्डौ । आज अन्तर्राष्ट्रिय नर्स दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा नेपालका नर्सिङ्ग कलेज तथा सम्बन्धित संघसंस्थाले कार्यक्रम गर्दैछन् । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।


शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेसालाई सम्मानित पेसाका रुपमा लिने गरिएको छ ।

नेपाल कर्म । ३० बैशाख २०८१, आईतवार ११:२२