हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम हुने

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुने प्रतिक्रिया दिएका छन्।



सियाटलमा एक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले बन्धक रिहा गर्ने हमास र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमा रहेको बताए। उनले रफाहमा इजरायलको गरेको आक्रमणको विरोध गरे।

बाइडेनले बुधबार पनि रफाहमा इजरायलले गरेको कारबाहीको विरोध गर्दै हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका थिए।

हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा स्थल र हवाइ हमला गरेका थिए। यो हमलामा एक हजार १७० भन्दा बढी मानिस मारिएका थिए। त्यतिवेला २५० जनालाई अपहरण गरी गाजापट्टी लगिएको थियो । त्यसयता तीमध्ये आधा बन्धक अझै हमासको नियन्त्रणमा छन्।

इजरायलको जवाफी हमलामा गाजामा अहिलेसम्म ३४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। तर हमास र इजरायल अहिलेसम्म युद्धविराम सम्झौतामा पुग्न असफल भएका छन्।

तपाईको प्रतिक्रिया