चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव

तीन दिन देशभर मौसम बदली र वर्षा हुने

सुर्खेत । अहिले (शनिबार दिउँसो) पश्चिम तराईमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकास भई पूर्वी दिशामा फैलिँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकास भएको हो।

सो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेको र हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार दिउँसो सूचना जारी गर्दै भनेको छ, ‘अबका ती दिन देशभरको मौसम बदली र वर्षा हुने देखिन्छ। चट्याङ र हावाहुरीबाट क्षतिसमेत हुन सक्ने हुँदा सतर्क र सचेत रहौँ।’

तपाईको प्रतिक्रिया