शिक्षकलाई शिक्षा सम्बन्धि अभिमुखिकरण

सुर्खेत ।  वीरेन्द्रनगरमा रहेका विद्यालयमा अध्यापन गराइसकेका शिक्षकहरूलाइ शिक्षा सम्बन्धि अभिमुखिकरण गरिएकाे छ । काठमाडौं विश्वविद्यालय र नेल्टा कर्णाली प्रदेश सुर्खेतको आयोजनामा शिक्षकलाई शिक्षा सम्बन्धि अभिमुखीकरण गरिएकाे हाे ।



उच्च माध्यमिक तह कक्षा ११ र १२ मा अध्यापन गराइरहेका नगरका विभिन्न विद्यालयका अंग्रेज़ी र सामाजिक विषयका शिक्षकहरु अभिमुखिकरणमा सहभागी थिए । उनीहरूलाइ एकेडेमिक लेखन र जनरल लेखन तथा शैक्षिक लेखन सम्बन्धि विषयकमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक कासीराज पाण्डेले सहजीकरण गरेका थिए ।

विद्यालय शिक्षामा आलोचनात्मक चेतना प्रयोग र के मिडिया साक्षरता सहायक हुन सक्छ भन्ने विषयमा काठमाडौ विश्वविद्यालयका प्राध्यापक डाक्टर सुधमशु दाहालले सहजीकरण गरेका थिए ।

कलामा आधारित गतिविधिको सन्दर्भमा काठमाडौ विश्वविद्यालयका प्राध्यापक सागर मानन्धरले सहजीकरण गर्दै आफ्नो धारण राखे । काठमाडौं विश्वविद्यालयका अर्का प्राध्यापक राजकुमार मानन्धरले स्थानीय स्तरको संगीतलाई प्रबर्द्धन गर्दै नयाँ पुस्तामा ल्याउनु पर्छ भन्ने विषयमा जोड दिए । अभिमुखीकरण कर्णाली प्रदेश सुर्खेतका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया