कर्णाली हाफ म्याराथनकाे च्याम्पियन बने आर्मीका रावल र एपीएफकी भण्डारी

सुर्खेत । प्रथम कर्णाली हाफ म्याराथनको उपाधि विभागीय टिम नेपाली सेनाका नरेन्द्र रावल र सशस्त्र प्रहरी बल (एपीएफ) का पुष्पा भण्डारीले जितेका छन् ।शनिबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रतियोगितामा नेपाली सेनाका रावत पुरुषतर्फ र एपीएफकी भण्डारी महिलातर्फ प्रथम भएका हुन् ।



प्रतियोगिताको पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत दोस्रो र श्रीकश राई तेस्रो भएका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) का राजन चौधरीले चौथो भए । यस्तै, महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो र जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भएका छन् ।

 

तपाईको प्रतिक्रिया