रुख कटहर खादा हुने फाइदाहरु

रुख कटहर संसारका फलहरु मध्ये सबैभन्दा ठुलो फलको रुपमा चिनिन्छ् । रुख कटहर हाम्रो घर वरपर पाईने फल हो । यो विशेष गरि तरकारीकमा प्रयोग गर्ने गरिन्छ । यसलाई औषधिको रुपमा पनि लिने गरेको पाईन्छ ।



रुख कटहरले रक्तचाप, ह्दयाघात जस्ता धेरै रोग निको पार्दछ । मधुमेहका रोगीका लागि यो निकै लाभदायक हुने बताइन्छ । यो वर्षौभरि हराभरा हुने रुख हो । भुईँ कटहरको सिंगै रुखको औषधीय मूल्य छ । यसको फलमा प्रचुर मात्रामा भिटामिन बी पाइन्छ । ब्लड प्रेसरका बिरामीका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्छ ।

मधुमेहका बिरामीका लागि यो निकै फाइदाजनक छ । तरकारीको रूपमा खाँदा मधुमेह नियन्त्रणमा रहन्छ । हृदयघातका बिरामीका लागि पनि यो निकै लाभदायक मानिन्छ । रुख कटहरले शरीरमा कोलेस्ट्रोल बन्न दिँदैन । जसले गर्दा हृदयाघातको सम्भावना कम हुन्छ । यसमा धेरै फाइबर पाइन्छ । जुन पाचनमा निकै फाइदाजनक हुन्छ

तपाईको प्रतिक्रिया