सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तीन जना घाइते भएका छन् । जिल्लाको आठबिसकोट–१४ छेपारेमा जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज पोख्रेलले जानकारी दिए ।
दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको उनले बताए । उनका अनुसार ट्याक्टर सडकबाट डेढ सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।


नेपाल कर्म । २८ बैशाख २०८१, शुक्रबार १४:१३