सुर्खेत। यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु भएको छ । डोल्पा बारेकोट गाउँपालिका १ रामीडाँडाका गणेश गुरुङका १९ वर्षीय छोरा देवेन्द्र गुरुङको मृत्यु भएको हो ।

बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले कमाइको लागि यार्सागुम्बा खोज्न डोल्पाका लेकमा गएका गुरुङको लेक लागेर मृत्यु भएको जानकारी दिए ।


यो सिजनमा जाजरकोट लगायतका जिल्ला वाट आर्थिक जोहो गर्नका लागि डोल्पाका लेकमा बहुमूल्य जडीबुटी यार्सा गुम्बा खोज्न जाने चलन रहेको छ ।

नेपाल कर्म । २८ बैशाख २०८१, शुक्रबार १२:५८