नीति तथा कार्यक्रममाथि शाहको टिप्पणी : प्रदेशको बस्तु स्थितिअनुसार भएन्

सुर्खेत । नेकपा एमालेका प्रदेश सभा सदस्य विनोदकुमार शाहले प्रदेशको नीति तथा कार्यक्रम प्रदेशको बस्तु स्थितिअनुसार नभएको टिप्पणी दिएका छन्। बुधबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशनको ८औँ बैठकमा बोल्दै सांसद शाहले यस्तो टिप्पणी दिएका हुन्।



मंगलबारदेखि चलेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बोल्दै प्रदेशको बस्तु स्थितिलाई निहालेर सरकारले योजना ल्याउन नसकेको बताए। उनले भने, ‘हाम्रो मुख्यमन्त्री जनयुद्धबाट आएकाले कर्णाली प्रदेशको बस्तु स्थितिबारे समावेश गरेर कार्यक्रम आउँछ जस्तो लागेको थियो। तर, त्यसो हुन सकेन्।’

यस्तै, शाहले नीति तथा कार्यक्रम एउटा काेठामा बसेर चिल्ला कुरा लेखेर मात्रै नभई प्रदेशमा भएका विषयबस्तुको यर्थात चित्रण  नीति तथा कार्यक्रमा ल्याउनुपर्ने बताए।

साथै उनले स्वास्थ्य र शिक्षातर्फका योजनाहरु तथ्यमा रहेर बनाउनुपर्ने, कर्णाली प्रदेशका सडक भएका खाल्डा मात्रै गनेर विकास नुहने भन्दै वास्तविक रुपमा नीति तथा कार्यक्रम बनाउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया