प्रहरीद्धारा निजी विद्यालयमा सचेतनामुलक कार्यक्रम सम्पन्न

सुर्खेत । सुर्खेत प्रहरीे कार्यालयले सचेतनामूलक कार्यक्रम गरेको छ । बिहिवार ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत वीरेन्द्रनगरको एक निजी विद्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।



प्रहरीले वीरेन्द्रनगर नगरपालीका–३ मा रहेको श्री सेन्टरमेरिच बोर्डीङ स्कुलमा‘ विद्यालयका प्रध्यानाध्यापक परमानन्द रेग्मीको अध्यक्षतामा पछिल्लो समय सामाजिक सन्जालको प्रयोग,साईबर अपराध सम्बन्धी सचेतना र बुलिङ् लागुऔषध र यसले पार्ने प्रभाव बारे सचेतनामूलक कार्याक्रम सम्पन्न गरेको हो ।

कार्यक्रामा शिक्षकहरु, सोही विद्यालयका कक्षा ९ देखी १० सम्मका झन्डै‌‍‍‍‍‍‍‍‍‍‍‍‍‍ ८५ जना विद्यार्थीहरु सहभागी भएको प्रहरी सहायक निरीक्ष विनोद कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार बढ्दो सामाजिक सन्जालको प्रयोग साईबर अपराध बुलिङ् र लागुऔषधको प्रभाव बारे सचेतनामूलक भिडियो प्रदर्शन प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

त्यस्तै ,सामुदयिक प्रहरी चौकी बडिचौर ,मालारानी र आग्रीगाँउका विभिन्न स्थानमा बालविवाह बहु–विवाह,आत्महत्या न्यूनिकरण र आगलागी सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ ।

तपाईको प्रतिक्रिया