प्रधानमन्त्री प्रचण्ड भवन उद्घाटन गर्न सल्यान जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार सल्यान जाँदै छन्।



सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ जान लागेका हुन्।

गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन र नजिकै रहेको शहीद गेटमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जानकारी दिए।

प्रधानमन्त्री आउने भएपछि गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय तथा विद्यालयमा बिदा दिइएको छ।

तपाईको प्रतिक्रिया